गठबन्धन कास्की–२ ले चिनायो उम्मेदवार, जनताको सेवा गर्ने दाबी
पाेखरा | असोज २९, २०७९
पोखरा : कास्की क्षेत्र नम्बर २ का साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका ( एस ) नेता श्रीनाथ बरालले गठबन्धनबाट चुनाव जितेर सत्तामा पुग्न नभई जनताको सेवा गर्न खोजेको दाबी गरेका छन् ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन २०७९, उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार बरालले सो कुरा बताएका हुन् ।
‘निर्वाचन जित्न पाँच दलीय बन्धन बनाएर बाहिर नराम्रो सन्देश दिने गरी प्रचार गरिएको छ’ उनले भने, ‘सत्ताको मोह नभएर जनताको सेवामा निर्वाधरुपमा लाग्न गठबन्धन बनाएर जनताको माझ आएको हौं ।
बरालका अनुसार प्रतिपक्षले गठबन्धन विरुद्ध जनतामा अफवाह फैलाउँदै गलत सन्देश सम्प्रेषण गरिरहेका छन् ।
कास्की क्षेत्र नम्बर २ को साझा समस्या र स्थानीय तहले अगाडी सारेका पुर्वाधार विकासलाई अगाडी बढाउन जनताको माझ आएको उम्मेदवार बरालले बताए ।
‘कास्की क्षेत्र नम्बर दुईमा विद्यार्थीको समस्या, युवाको समस्या, किसानको समस्या, भुमिहिनको समस्या, व्यापारीको समस्यासँगै सबैको साझा समस्यालाई केन्द्र सरकारसम्म पु¥याउन गठबन्धनबाट साझा उम्मेदवार भएर आएको छु’ उनले भने ।
यस्तै कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले यस क्षेत्रको आर्थिक नैतिकरुपमा विकास गर्न गठबन्धनबाट आफु जनतामाझ पुनः आएको बताए ।

पोखरा प्राकृतिक रुपमा धनी छ भन्दै अब यसलाई थप विकास गर्न आफ्नो उम्मेदवारी भएकोे लामिछानले उल्लेख गरे ।
‘पोखरामा प्राकृतिक रुपमा धनी छ’ उनले भने, ‘पोखराको केही क्षेत्रमा विकासको पुर्वाधारले सिगार्न सके मुलुकको प्रमुख गन्तव्य बन्न सक्छ ।’
यस्तै गण्डकी प्रदेश सभा सदस्य कास्की क्षेत्र नम्वर २ ‘ख’का उम्मेदवार विन्दुकुमार थापाले गठबन्धनको उम्मेदवार भन्दा पनि साझा उम्मेदवार लिएर जनता माँझ आएको स्पष्ट पारे ।

गठबन्धनबाट सत्तामा पुग्न बाहिर नराम्रो प्रचार गरिएको भन्दै उम्मेदवार थापाले गठबन्धन सत्तामोहकालागि नभई जनताको साझा समस्यालाई सम्बोधन गर्न भएको टिप्पणी गरे ।
उम्मेदवार परिचय कार्यक्रममा सहभागी प्रतिनिधिसभा र प्रदेश सभाका सदस्य उम्मेदवारहरुले यसपटक नेकपा एमालेको बर्चश्व तोड्ने दाबी गरेका छन् ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

